कञ्चनपुर । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि गरेका हुन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बासिन्दा विराजन पूर्वनेपाली सेनासमेत हुन् ।विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए । गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए ।
नेपाल सरकारबाट भने विराजनको मृत्युको पुष्टि भएको छैन । रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई सकुशल उद्धारको पहल गर्न माग गर्दैै अभियान चलाउँदै आएकी कृतु भण्डारीले विराजनको मृत्यु युक्रेनको भूमिमा भएको जानकारी आफूले पाएको बताइन् ।



















