- भूमिप्रसाद पाठक
पथरी —मोरङको पथरीशनिश्चरे -२ मा रहेको रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसले द भ्वाईस अफ नेपाल सिजन -0५ का विजेता विनोद राईलाई सम्मान गरेको छ।
उनलाई विद्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजित कार्यक्रममा सम्मान गरेको हो। गायक राई पथरीशनिश्चरे -०७ का स्थायी बासिन्दा पनि हुन्।
उक्त कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीले रेडस्टार माविका कक्षा -१२ बाट ' पास आउट' भएका विद्यार्थीहरुले गाउँ , समाज , नगर हुँदै राष्ट्रसम्म सामाजिक दायित्व बोध गर्दै अघि बढ्न आग्रह सहित शुभकामना व्यक्त गरे।
सोही अवसरमा विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले पक्कै पनि यस विद्यालयले प्रदान गरेको शिक्षादिक्षा र ज्ञानले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आगामी शैक्षिक सत्रदेखि नयाँ शैक्षिक कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको जनाए।
चालु शैक्षिक २०८१ सो विद्यालयले सत्रदेखि बालमैत्री तथा अनुसन्धान विधि सहित संस्कार र जीवन उपयोगी शिक्षण सहजीकरण गर्ने रेडस्टार मावि ऋतम्भरा कलेज प्रबन्धक प्रिन्सिपल टि.एन. तिम्सिनाले जानकारी दिए।
यस विद्यालयले विगत ५ वर्षदेखि निरन्तर कक्षा १२ र एसईई परीक्षामा पथरीशनिश्चरे क्षेत्रभित्रकै सर्वाेत्कृष्ट नतिजा ल्याई रहेको यो विद्यालय पछिल्ला वर्षहरूदेखि विभिन्न अतिरिक्त क्रियाकलापहरूमा समेत स्थानीय, जिल्ला हुँदै प्रदेश तहसम्मका प्रतियोगितामा सर्वोत्कृष्ट रिजल्ट हासिल गर्दै आएको हो।
पूर्वोत्तर मोरङका विभिन्न संस्थागत विद्यालयहरूमाझ एक छुट्टै पहिचान, लोकप्रिय तथा शैक्षिक गुणस्तरमा एक अब्बल विद्यालयको रुपमा स्थापित भैसकेको यस विद्यालयले हाल पि.जि. देखि यु.के.जी. सम्म CPS पाठ्यक्रम अन्तर्गत पूर्ण मन्टेश्वरी पद्वति र कक्षा १ देखि ५ सम्म CPRS पाठ्यक्रम अनुसार पठनपाठन गर्दै आईरहेको छ। उक्त कार्यक्रममा भाइस प्रिन्सिपल बसन्त महादेव शैक्षिक संयोजक तीर्थ दाहाल र विद्यार्थीहरू सहितले आआफ्ना भनाइ राखेका थिए।
उक्त अवसरमा भ्वाईस अफ नेपालका विजेता राईले आधा दर्जनभन्दा बढी गीतहरु गाउँदा विद्यार्थीहरूबाट 'वान्स मोर' भनेपछि सोही गीतलाई 'रिपिट' गरेका थिए।। त्यसैगरी उनका भाइ पुष्प राई र अभान्तिका बस्नेतले पनि गीत गाएकी थिइन्। उक्त अवसरमा हिसान प्रि-बोर्ड परिक्षा -२०८० मा उत्कृष्ट जिपीए ल्याउन सफल तीन सय बढि विद्यार्थीलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो। सो कार्यक्रममा विद्यार्थीहरूले सुन्दर नृत्यहरु पनि प्रस्तुत गरेका थिए। सो अवसरमा विद्यालयका संस्थापक क्रमशः सुजन बास्तोला, विजय डाँगी, विद्यालयका भाईस प्रिन्सिपल बसन्त मादेन, शैक्षिक संयोजक तीर्थ दहाल, लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सरिता भट्टराईले गरेकी थिइन्।
विगत ५ वर्षदेखि निरन्तर कक्षा १२ र एसईई परीक्षामा पथरीशनिश्चरे क्षेत्रभित्रकै सर्वाेत्कृष्ट नतिजा ल्याई रहेको यो विद्यालय पछिल्ला वर्षहरूदेखि विभिन्न अतिरिक्त क्रियाकलापहरूमा समेत स्थानीय, जिल्ला हुँदै प्रदेश तहसम्मका प्रतियोगितामा सर्वोत्कृष्ट रिजल्ट हासिल गर्दै आएको हो।
पूर्वोत्तर मोरङका विभिन्न संस्थागत विद्यालयहरूमाझ एक छुट्टै पहिचान, लोकप्रिय तथा शैक्षिक गुणस्तरमा एक अब्बल विद्यालयको रुपमा स्थापित भैसकेको यस विद्यालयले हाल पि.जि. देखि यु.के.जी. सम्म CPS पाठ्यक्रम अन्तर्गत पूर्ण मन्टेश्वरी पद्वति र कक्षा १ देखि ५ सम्म CPRS पाठ्यक्रम अनुसार पठनपाठन गर्दै आईरहेको छ।
नेपाल सरकार तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड ( ISA) प्राप्त गर्न सफल यो विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० मा सञ्चालित कक्षा १२ को परीक्षामा पनि व्यवस्थापन संकायमा कोशी प्रदेशमै ३.८१ जिपिएसहित उत्कृष्ट नतिजा हासिल गरेको हो।
हरेक वर्ष विभिन्न तहगतका बिद्यार्थीहरु र शिक्षकहरुलाई विभिन्न विज्ञान प्रदर्शनी एवम् शैक्षिक अवलाेकन भ्रमणमा सहभागी गराउँदै आएको छ। त्यस्तै, रेडक्रस सर्कल, स्काउट बाल क्लब, चित्रकला, विशेष चार्ड पर्व- उत्सव, मन्टेश्वरी शिक्षण आदि गर्दै 'शैक्षिक हब' को रुपमा विकसित यो विद्यालयले ईलाका प्रहरी कार्यालय पथरी मोरङको समन्वयमा वर्षेनी विद्यालय - प्रहरी साझेदारी कार्यक्रम र लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएको छ।
पुर्वी मोरङमै अब्बल सावित विद्यालयको रूपमा परिचित यस विद्यालयमा आफ्नै सुविधा सम्पन्न भवनहरू , दक्ष तथा अनुभवी प्राध्यापक तथा शिक्षक शिक्षिकाहरू, बालमैत्री, विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप ,संस्कार सहितको सिकाइ , पर्याप्त डिजिटल प्रविधि , विज्ञान प्रयोगशाला , लाईब्रेरी, खाजाको लागि चमेना गृह, विभिन्न शैक्षिक भ्रमणहरू , सवारीसाधनको उपलब्धता आदि पर्याप्त सुविधाहरू रहेका छन्।
शैक्षिक सत्र २०८० को कक्षा -१२ SLC (एस. एल. सी. ) परीक्षामा मोरङको पथरीशनिश्चरे- २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयका छात्र विपिन पोखरेलले व्यवस्थापन संकायमा कूल ३.८१ जिपिए सहित कोशी प्रदेशकै उत्कृष्ट नतिजा प्राप्त गरेका छन्।
उनीसँगै कृतिका भट्टराईले ३.७५, एलन थेगिम लिम्बूले ३. ७१, भूवन घिमिरे र नम्रता बुढाथोकी ३.६२ जिपिए प्राप्त गरेका थिए ।
यस शैक्षिक सत्रमा २ सय ६० विद्यार्थी मध्ये ३.६ भन्दामाथि जि.पि.ए ल्याउने ६ जना, र ३.२ जिपिए भन्दा धेरै जिपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ५४ जना रहेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन' तिम्सिनाले बताए। यसैगरी, सहभागी विद्यार्थीमध्ये २.८ जिपिए भन्दा माथि १ सय ८ जनाले प्राप्त गरेका छन् भने २.४ जिपीए भन्दा माथि ४५ जना र जिपिए २ भन्दा माथि ३७ जना उतीर्ण भएका छन्। उनले देशकै ४९ प्रतिशत विद्यार्थी असफल भएको नतिजा सार्वजनिक भैरहँदा रेडस्टार माध्यमिक विद्यालयले निरन्तर ९५ प्रतिशत भन्दा माथि विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताए।
२०७५ सालमा यसै विद्यालयकी शुशीला बास्तोलाले ३.३९ जिपिए ल्याएर नगरकै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् भने २०७६ सालमा विनिता धिमालले ३.७० जिपिए सहित प्रदेश नं १मै दोस्रो स्थान हासिल गरेकी थिइन्।
२०७७ सालमा चन्द्रमान गुरुङले ३.६२ जिपीए प्राप्त गरेका थिए भने २०७८ मा सुरेश राजवंशी र रेजीना अधिकारीले ३.७८ जिपीए प्राप्त गरेका थिए। यसैगरी, गत गत वर्ष २०७९ मा त्रियुगा लिम्बूले ३.७० जिपिए र मेरिना मगरले ३.६६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका थिए। त्रियुगाले प्याब्सन आवद्ध विद्यालयहरू मध्ये मोरङ्ग जिल्लकै उत्कृष्ट जिपिए हासिल गरी सम्मानित भएकी थिइन् । यसरी उत्कृष्ट नतिजा हासिल गर्नमा निरन्तर मुल्यांकन प्रणाली अवलम्बन गर्दै परियोजना कार्यलाई निरन्तरता दिइएकाले यो सफलता हासिल भएको विद्यालयका निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले बताए। सोहि क्रममा विद्यालयका संस्थापक राजु तिम्सिनाले अगाडि भन्ने -'हामीले यूवा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिएका छौं। सिकाइको एउटा पाटो उत्प्रेरणा हो भनेर मानेका छौँ। त्यसैले हामीहरूले राष्ट्रिय स्तरमा ख्याति कमाएका उत्प्रेरक ल्याएर कार्यक्रम गर्ने गरेका छौं। यो परिणाम यसैको प्रतिफल हो ।"
यस विद्यालयले पछिल्ला केही वर्ष यता अतिरिक्त क्रियाकलापहरूमा पनि दख्खल राख्दै आएको छ। गत शैक्षिक वर्ष -०८० मा यस विद्यालयले नाट्य विधामा देशभरि नै उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो भने प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थियो । त्यस्तै, वक्तृत्व कला , खेलकुद तथा अन्य विभिन्न विधाहरुमा पनि उत्तिकै उत्कृष्टता प्रर्दशन गर्दै आइरहेको छ।
त्यस्तै गरी, रेडस्टार माविले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ऋतम्भरा कलेज नामबाट निजी क्याम्पस पनि संचालनमा ल्याईरहेको छ। शान्त वातावरण र सुविधासम्पन्न
यस शैक्षिक सत्र २०८०/०८१ काे लागि PG देखि कक्षा ९ सम्मका कक्षागत र अतिरिक्त शैक्षिक कार्यक्रमहरु संचालन संचालन भैरहेका जनाइएकाे छ।
















