विराटचोक — मोरङको सुन्दरहरैँचामा तीनदिने उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महामहासंघ सुन्दरहरैँचा नगर समन्वय परिषद मोरङको आयोजनामा आइतबार देखि तालिम सुरु भएको हो ।
सुन्दरहरैँचा- ६ मा रहेको आदिबासी जनजाति महामहासंघको सभाहलमा सुरु भएको तालिमको सोही वडाका वडाध्यक्ष सन्तोष लिम्बूले उदघाटन गरेका छन् ।
जनजाति लक्ष्यित कार्यक्रम अन्तर्गत रहेको उक्त तालिममा नगरका सबै वडाबाट प्रतिनिधित्व रहने गरि विभिन्न उमेर समूहका जम्मा ३५ जना प्रशिक्षार्थी सहभागी रहेको आयोजक संस्थाका सचिव अशिम राईले जानकारी दिए । तालिमको सहजीकरण पूर्वका बहुचर्चित उद्घोषण प्रशिक्षक केपी घिमिरेले गरेको बताइएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि कार्यपालिका सदस्य तथा किरात याक्खा छुम्माकी केन्द्रीय सदस्य आनन्द लिङ्खा, किरात याक्खा छुम्मा केन्द्रीय सल्लाहकार तथा श्री भानुसाझा पुस्तकालयका अध्यक्ष पुरन राई, नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे,पत्रकार विपुल सुवेदी लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियोे।
आयोजक संस्थाका अध्यक्ष सुमन याख्खाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सचिव अशिम राईले संचालन गरेका थिए ।




















