• हेमकुमार बस्नेत 

लेटाङ —  नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले नगर अस्पताल परिसरमा सरसफाई गरेको छ । आज जेठ १ गते स्थापना दिवसको अवसरमा  लेटाङ ३ स्थित नगर अस्पतालमा विहान ७ बजेदेखि सुरु गरि करिव ३ घण्टासम्म सरसफाई गरेको हो ।

सरसफाई सँगसँगै अस्पताल परिसरमा रोपिएका विभिन्न प्रजातिका फूलका विरुवाहरु गोडमेल समेत गरिएको युवा संघ लेटाङ नगर कमिटी अध्यक्ष विकास लिम्बूले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विरुवामा पानी हालेर सरसफाई कार्यक्रमको सुरुवात गरेका थिए । सो अवसरमा बोल्दै पुर्व सांसदसमेत रहेका  खतिवडाले युवाहरुले सँधै रचनात्मक तरिकाले सामाजिक काम गर्दै अघि बढ्नपर्नेमा जोड दिए ।

Untitled-8 (2) 4यस्तै अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा लेटाङ ३ का वडाध्यक्ष डम्बर राईले नगर अस्पतालमा सरसफाई कार्यक्रम गरेर सहयोग गरेकोमा राष्ट्रिय युवा संघलाई धन्यवाद दिए ।  स्थापना दिवसको अवसरमा सामाजिक गतिविधि गर्ने संगठनको नीति अनुशार अस्पताल सरसफाई कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ मोरङका जिल्ला सदस्य दुर्गा घिमिरेले जानकारी दिए । लामो समय जिर्ण अवस्थामा रहेको नगर अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसँगै सेवाप्रवाहमा सुधार भइ सेवाग्राहीको चाप बढ्न थालेसँगै फोहोरमैला पनि बढेकाले सरसफाई गरिएको उनले बताए  । 

442411059_7313307598794627_5793280276381612207_nराष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटी अध्यक्ष विकास लिम्बूको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य तथा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावती, नेकपा एमाले मोरङका युवा इञ्चार्ज रविन थापा,एमाले लेटाङका अध्यक्ष कृष्ण लुइँटेल,सचिव जितबहादुर लामा ,अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा लेटाङ ३ का वडाध्यक्ष डम्बर राई, लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भीमलाल ओली, राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश सदस्य अरुण पौडेल लगायत एमालेका नेता कार्यकर्ताहरु, राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरु,अनेरास्ववियुका नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरु तथा स्थानीयवासी लगायत १ सय भन्दा बढीको सहभागीता रहेको थियो ।

जेठ १ गतेका दिन पार्टीको अर्को भ्रातृ संगठन अनेरास्ववियुले पनि ६० औं स्थापना दिवसको अवसर पारेर आज नै काठमाडौको भृकुटीमण्डपमा  तीन दिन  सम्म  ऐतिहासिकरुपमा भव्यरुपमा विद्यार्थी महोत्सव मनाउदै छ ।नेपालकै ईतिहासमा पहिलो पटक २०५७ साल जेष्ठ १, टुडिखेल खुल्ला मंचमा पहिलो विद्यार्थी महोत्सव आयोजना भएको थियो। 

Untitled-8 (4)Untitled-8 7Untitled-8 (1)