विराटचोक - माेरङकाे सुन्दरहरैँचामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई ब्याग वितरण गरेकाे छ । संस्थाले शुक्रबार नगरमा रहेका ६ वटा सामुदायिक विद्यालयका जेहन्दार आर्थिक रूपमा विपन्न र असाहय छात्रा छात्रलाई १२८ वटा ब्याग वितरण गरेको हो । 

Untitled (4) 19सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको रोहवरमा उक्त ब्याग वितरण गरिएकाे संस्थाका व्यवस्थापक गाेपाल देउजाले जानकारी दिए । 

नगरपालिका भित्रका ९ वटा बचत तथा ऋण सहकारीहरू एकीकरण भइ बनेको संस्थाको  यसै वर्ष ८ सय भन्दा बढी सदस्यहरूका बीचमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम भएको छ ।

संस्था समुदायमा लोकप्रिय बन्दै गएको उल्लेख गरिएकाे छ । संस्थाले समुदाय प्रतिको उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू  रक्तदान, बृक्षारोपण , स्वास्थ्य शिविर, सरसफाइ, ब्याग वितरण जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

संस्था कुल सम्पत्ति तथा सदस्य बृद्धिमा निकै सफलता प्राप्त गरेको संस्थाका व्यवस्थापक  देउजाले जानकारी दिए ।

Untitled-2 (4) 13