हेटौडा - मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । ललितपुरबाट हेटौँडा जाँदै गरेको ग ३ ९४७५ नम्बरको कार मकवानपुरको कान्ति लोकपथ सडकमा दुर्घटनामा परेको हो ।
घाइतेहरूमा बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक साह र मकवानपुरको भीमफेदी गाउँपालिका-८ ६५ वर्षीय प्रेमबहादुर ब्लोन छन्।



















