नयाँदिल्ली । भारतको हरियाणा राज्यको नुहमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर दुर्घटना भएको हो ।

बसमा आगो लाग्नसाथ चालक भागेका र गाउँलेले बसको झ्यालका सिसा फुटाएर आफूहरुलाई बचाएका एक जना घाइतेले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ । बसमा झण्डै ६० जना थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।