धनकुटा - नेपाल कम्युनिष्ट पार्टी(एमाले)धनकुटाको अध्यक्षमा शिव आङ्ला बिजयी भएका छन् । अन्तिम नतिजा अनुसार आङ्लाले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहांका प्रतिस्पर्धी निरेन तामाङले २०७ मत प्राप्त गरेका छन् ।

अध्यक्ष आङ्लाको टिमबाट उपाध्यक्षमा चिन्तन तामाङले २९४, सचिवमा पर्शुराम नेपाल २९६ , उपसचिवमा नैन विश्वकर्मा २९६ र तुलसी राई २८५ मत ल्याई प्यानलै बिजयी भएका छन् ।

यसैगरि तामाङ प्यानलमा उपाध्यक्षमा मनोज राई २०९ , सचिवमा शेरबहादुर लिम्बू १९६ र उपसचिवमा गोपाल भट्टराई १८७ र मनकुमारी तितुङ (तारा) ले २२६ मत प्राप्त गरेका छन् । लेखा समितिका ७ जना सहित ५५ सदस्य सर्वसम्मत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो ।

जेठ १२ देखि धनकुटा नगरपालिका-६ स्थित सामुदायिक भवनमा सुरु भएको आठौं जिल्ला अधिबेशनमा हिजो सम्म सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।