विराटचोक — मोरङको सुन्दरहरैँचामा नगर स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । एन–प्याब्सन सुन्दरहरैँचा नगर समितिको आयोजनामा मंगलबार नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको हो । 

उक्त प्रतियोगिताको जुनियर तर्फबाट सुन्दरहरैंचा १० मा रहेको हिमालय इंगलिस स्कुल प्रथम भएको छ । नेपाली र अङ्ग्रेजी `दुवै भाषाको हस्तलेखनमा प्रथम भएको प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

त्यसैगरी अंग्रेज़ी तर्फ पनि हिमालय इंगलिस स्कुलले तृतीय स्थान हासिल गरेको छ । दुई तहमा भएको प्रतियोगितामा आधरभुत तहको तर्फबाट नेपाली भाषामा तृतीय र आधरभुत तहमा नेपाली तर्फ प्रथम अङ्ग्रेजी तर्फ द्वितीय स्थान हासिल गर्न सफल भएको खनालले जानकारी दिए।

यस्तै, जुनियर तर्फ नेपाली बाल बगैचा द्वितीय र कसमस एकेडेमी तृतीय बनेको छ भने जुनियर अंग्रेज़ी तर्फ मदरल्याण्ड द्वितीय र पाठशाला तृतीय बनेको छ। बाल बगैचा द्वितीय र कसमस एकेडेमी तृतीय बनेको छ भने जुनियर अंग्रेज़ी तर्फ मदरल्याण्ड द्वितीय र पाठशाला तृतीय बनेको छ। 

आधारभुत नेपालीभाषा तर्फमा  पाठशाला एकेडेमी द्वितीय र मदरल्याण्ड स्कुल तृतीय बनेको छ भने आधारभूत अङ्ग्रेजी तर्फ मदरल्याण्ड स्कुल प्रथम, पाठशाला द्वितीय बनेको छ। आधारभुत (जुनियर) तर्फ नेपाली तर्फ हिमालय स्कुल प्रथम र कालीदेवी स्कुल द्वितीय बनेको छ भने अंग्रेज़ीमा  कालीदेवी  प्रथम र हिमालय स्कुलले द्वितीय स्थान हासिल गर्न सफल भएको छ। 

विजेताहरुलाई पुरस्कार तथा मेडल वितरण गर्दै कार्यक्रमका प्रमुख अथिति,सुन्दरहरैचा - १२ का वडाध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले सुन्दरैँहचा नगरलाई राम्रो बनाउने हो भने पहिलो कुरा शिक्षा राम्रो हुनुपर्नेमा जोड दिए। 

k2

k3सुन्दरहरैचामा रहेको एनप्यापसनसंग बसेर सबै बिषयमा छलफल गर्न नगर तयारी रहेको समेत बताए। सुन्दरहरैचालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरले कुनै कसर पनि बाँकी नराख्ने र जस्तोसुकै सहयोग गर्न तयारी रहेको समेत उनको भनाइ थियो। हस्तलेखन प्रतियोगिता १० वटा बिद्यालयहरुको सहभागिता रहेको थियो।

k4