कोपनहेगन — प्रवासी नेपाली मञ्च डेनमार्कको छैठौ राष्ट्रिय अधिवेशन हुने भएको छ । आगामी जुन १५ मा डेनमार्कको कोपेनाहेगेनमा हुने भएको हो । अधिवेशनमा  प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यता रहने बताइएको छ ।

त्यस्तै युरोप महादेश इञ्चार्ज तथा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य भक्त वाग्लेको विशिष्ट आतिथ्यता रहने छ ।

Untitledअधिवेशनको तयारी पूरा भएको प्रचार विभाग संयोजक रविन कार्कीले जानकारी दिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने संयोजक कार्कीले जानकारी दिए ।

मञ्चले सम्पूर्ण डेनमार्क बासीहरुलाई अधिवेशनमा उपस्थित हुन् अनुरोध पनि गरेको छ ।