विराटचोक — जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

 मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका-४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।