विराटचोक — मोरङको सुन्दरहरैँचामा एक दिने स्काउट मास्टर कार्यशाला सम्पन्न भएको छ । नेपाल स्काउट,कोशी प्रदेश स्काउट,सुन्दरहरैँचा तथा बेलबारी स्काउट र  स्थानीय स्काउट समितिको संयुक्त आयोजनामा शनिबार सुन्दरहरैँचा १० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा मास्टर कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रमका मुख्य प्रशिक्षक नवल प्रसाद उपाध्यायले सहभागीहरुलाई प्रभावकारी ढंगले स्काउट कक्षा सञ्चालन , डोरी कार्य, अनलाइन रजिस्ट्रेस्न लगायत विषयमा प्रशिक्षित गरिएको बताए । उनले यस्तो कार्यक्रमले स्काउट मास्टरहरुमा एकरुपता ल्याउने र विद्यार्थीहरुको सिकाइमा समेत सकरात्मक परिवर्तन ल्याउने बताए ।

त्यस्तै सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले हरेक विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रहेको र यसले विद्यार्थीहरुलाई सधैँ तयार रहन प्रेरित गर्ने बताए  । कार्यक्रममा सहभागीको तर्फबाट मनिता पौडेल न्यौपानेले कार्यशालाले शिक्षकहरुलाई नियमित कक्षा सञ्चालन आइपर्ने समस्या सामाधानमा सहयोग पुग्ने बताउदै यसले आफुमा नयाँ उर्जा थपेको र यसलाई समय समय र अलि लामो समयको गर्न सुझाव दिइन ।

कार्यक्रमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यसमिति सदस्य नवल प्रसाद उपाध्याय प्रमुख अतिथी रहेका थिए भने, कोशी प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, कोशी प्रदेश स्काउट कार्यलयका अधिकृत नवराज घिमिरेको उपस्थिीति रहेको थियो । कार्यशालामा प्रदेश १ का विभिन्न १८ वटा पालिकाका ५० जना स्काउट मास्टरहरुको सहभागीता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता रहेका बेलबारी प्रमुख आयुक्त बादल देवानले स्काउट विद्यार्थी र शिक्षक सगैँ स्काउटिङ विकासमा विभिन्न गतिविधि सञ्चालन गरिदै आएको र आगामी फाल्गुणमा कम्बाइन क्याम्पको तेस्रो संस्करण आयोजना गर्न लागिएको कार्यक्रमा जानकारी दिदै उत्त कार्यक्रम प्रदेश भरीबाट २५सय  स्काउट विद्यार्थी सहभागी गराउने बताए ।

कार्यक्रमको सुन्दरहरैँचा स्थानीय प्रमुख आयुत्त मनोज कार्कीले सञ्चालन गरेका थिए । कार्यक्रममा खाना तथा हलको व्यवस्थापनमा सिद्धार्थ सेकेन्डरी विद्यालयले सहयोग गरेको थियो ।