विराटचोक — माेरङकाे सुन्दरहरैँचा-१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि.काे नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।

२२ औं वार्षिक साधारण  सभामा निर्वाचित पदाधिकारीहरुको बुधबार पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

गत शनिबार भएको साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि निर्वाचित भएका १३ सदस्यीय नयाँ कार्य समितिको पदस्थापन भएको पुर्व अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।

यो पनि - सुन्दरहरैँचामा दाहसंस्कार घाट निर्माण गरिने 

समितिको अध्यक्षमा हेमराज सुबेदी,उपाध्यक्षमा मिनप्रसाद लिम्बू, सचिवमा गुरुप्रसाद अधिकारी,सहसचिवमा विन्दा दाहाल थापा छन् । सदस्यहरूमा अर्जुनकुमार कार्की, टिकाप्रसाद सुबेदी,नगेन्द्रकुमार मास्के, यज्ञप्रसाद ढेकाल (राम),हरिबहादुर कार्की, कमला गुरुङ, कुशुम बराल कँडेल ,मन्दिरा थापा,रञ्जु सुवेदी रहेका छन् ।

पदस्थापन कार्यक्रममा अध्यक्ष सुवेदीले संस्थालाई नगर कै नमुना सहकारी बनाउने प्रतिबद्दता गरे । सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा व्यवस्थापक योजना शर्मालाई सम्मान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष हेमराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्तकार्यक्रममा पूर्व अध्यक्ष अर्जुन बस्नेत सहित पूर्व कार्यसमितिका पदाधिकारीहरु   लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो।