- करण चौहान
विराटचोक— मोरङको सुन्दरहरैँचामा दाहसंस्कार घाट निर्माणका लागि छलफल गरिएको छ । नगरपालिकाको -११ न. स्थित लोहन्द्रा किस्ती खोलामा निर्माण गर्न लागिएको लोहित गंगा मुक्ति घाट निर्माणका लागि छलफल गरिएको हो ।
मंगलबार नगरपालिकाको सभाहलमा भएको छलफलमा निर्माण गरिएको डिपिआर माथि राय सुझाव लिइएको नगपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए ।
नेपालको पब्लिक क्याम्पसहरु मध्ये सुकुना क्याम्पस उत्कृष्ट छ : हिक्मतकुमार कार्की मुख्यमन्त्री
डिपिआरका विषयमा इन्जिनियर प्रदीप राईले जानकारी गराएका थिए ।
१ बिघा ५ कठ्ठा क्षेत्रफलमा करिब ११ करोडमा घाट निर्माण गर्न लागिएको प्रवक्ता ढकालले बताए । तीन वर्ष निर्माण अवधि रहेको उक्त घाटमा १ वर्ष भित्रमा काम चलाउको रुपमा दाहसंस्कार गर्न सकिने उनले बताए ।
घाट निर्माणका लागि स्थानीय समाजसेवी नवराज चापागाईंको संयोजकत्वमा ९ सदस्यीय घाट निर्माण स्थल व्यवस्थापन समिति गठन गरिएको थियो। समिति निर्माण भएको ८ महिनामा जग्गा व्यवस्थापन गरी घाट निर्माणको तयारीमा जुटेको नगर प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष ढकालले जानकारी दिए ।
छलफलमा नगरप्रमुख केदारप्रसाद गुरागाईं, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य एवं सरोकारवाला निकायको उपस्थिति रहेको थियो।
घाट निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंको अध्यक्षतामा छलफल गरिएको थियो । हाल सुन्दरहरैँचाबाट इटहरीको बुढीगङ्गा घाट र लोहन्द्रा घाटमा दाहसंस्कारका लागि लगिने गरिएको छ ।



















