इटहरी । अमेरिकाविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पावर प्लेमा उत्कृष्ट प्रर्दशन गरेको छ। अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा १ विकेट गुमाएको छ। नेपालले ६ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ५० रन बनाएको छ। पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे।

ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के। तेस्रो नम्बरमा कुशल भुर्तेल आएका छन्। ओपनर आशिफ १४ र कुशल २ रनमा अविजित छन्। अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ३ खेलको टी–२० सिरिज खेल्नेछ। त्यसपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ तालिका छ।