काठमाडौँ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् । रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरूले सहकारी १४ अर्ब घोटाला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए । आइतबार आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कृष्णबहादुर महरा, बालकृष्ण खान, टोपबहादुर रायमाझीलगायत जेल पर्दा कांग्रेस, एमाले, माओवादी कोही पनि सडकमा नआएको उनले बताए । रवि लामिछानेको पक्राउ पर्दा नेता तथा कार्यकर्ता सडकमा आउनुको कुनै औचित्य नरहेको उनले बताए । रास्वपा रवि लामिछानेको गोजीको पार्टी रहेको उनको टिप्पणी छ ।



















