काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दर्जनौं युवा नेताहरु नेकपा एमाले प्रवेश गरेका छन । शुक्रबार एमाले केन्द्रीय कार्यालयमा पुगेर रास्वपाका युवा नेताहरु एमाले प्रवेश गरेका हुन ।

नयाँ भन्नेको नारामा लागेको आफूहरु सभापति रवि लामिछानेसहित अधिकांश नेताहरुको कार्यशैली, ब्यवहार र बदनाम कार्यबारे जानकार भएपछि सवैभन्दा खत्तम पार्टी पो रहेछ भन्ने निश्कर्षसहित सो पार्टी परित्याग गरी एमाले रोजेको युवा नेताहरुले बताएका छन ।

प्रवेश गर्नेको नेतृत्व गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रसन्न अर्यालले रास्वपा नयाँ नभई बदमासहरुको भीड रहेको बताए ।

नयाँ पार्टीको नाममा बदमासहरुको भीड पो जम्मा भएको रहेछ, यस्तो पार्टीले देश र जनताको हितमा काम गर्ला भन्ने सोच्नु नै मुर्खता रहेछ भन्ने निश्कर्षमा पुगेर एमाले प्रवेश गर्ने निर्णय लियौं, रास्वपामा रहेका सवै साथीहरु पनि बिस्तारै एमालेनै रोज्ने निर्णयमा पुग्नुहुनेछ,’ अर्यालले भने ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले महासचिव शंकर पोखरेलले युवा नेताहरुलाई पार्टीमा जिम्मेवारी दिने बताउँदै सक्रियतापुर्वक गलत बाटोमा लागेकाहरुलाई सच्याउने काममा लाग्न आग्रह गरेका थिए ।

471167328_2001623013681226_4532902763478041583_n