विराटनगर — नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सुनसरी र मोरङका विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको श्रम ऐन कार्यान्वयनको अवस्थाको निरक्षण गर्ने भएको छ । त्यसका लागि भीमज्वाला राईको संयोजनमा ५५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

शनिबार विराटनगरमा जिफन्टको कायाकल्प अभियानको अभिमुखीकरण कार्यक्रम गर्दै सुनसरी र मोरङमा रहेका उद्योगकलकारखाना तथा विभिन्न प्रतिष्ठानलाई श्रमिकहरुको कार्यथलोका रुपमा वर्गीकरण गर्दै प्रतिष्ठानहरुमा श्रम ऐनको कार्यान्वयनको अवस्था, श्रमिकहरुको सेवासुविधाको अवस्था, श्रमिकहरुलाई समाजिक सुरक्षा योजनामा समावेश गरेनगरेको विवरणको अध्ययन गर्दै श्रमिहरुको अधिकारको भावी कार्यदिशा तय गर्ने जिफन्ट राष्ट्रिय कमिटी सचिव तथा अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि हरीबहादुर कार्कीले बताउनुभयो । 

WhatsApp Image 2024-12-21 at 17.20.10_c85f5797पुस ९ देखि चैत मशान्तसम्म श्रमिकहरुले काम गर्ने प्रतिष्ठान केन्द्रीत अभियानका लागि जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको अगुवाईमा टोली निर्माण गरिएको प्रमुख अतिथि कार्कीले बताउनु भयो ।

टोलीमा औपचारिक तथा अनौपचारिक क्षेत्रका नेताहरु रहेकाछन् । जसमा समग्र उद्योग ट्रेड युनियन, जुट, गार्मेट, कार्पेट तथा टेक्सटायल क्षेत्र, निर्माण क्षेत्र, यातायात क्षेत्र, स्वरोजगार, सुरक्षा श्रमिक, बैंक तथा वित्तिय क्षेत्र, ब्युटिसिएन, स्वास्थ्य स्वयमसेवी लगायत रहेको जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी गराउनुभयो । 

WhatsApp Image 2024-12-21 at 17.20.08_47ca65e5 1नेपालको पहिलो मजदुर आन्दोलन भएको विराटनगरमा काम गर्ने श्रमिकहरुको पछिल्लो अवस्थाको नक्साङ्कन गर्दै सरोकारवाला निकायमा दवाव सिर्जना गरिने टोलीका संयोजक भीमज्वाला राईले बताउनुभयो । 

नेपालको पहिलो मजदुर आन्दोलनको मूल प्रवाहको जिफन्टलाई यस प्रदेशमा सबल र शक्तिशाली बनाउँदै युनियन आन्दोलनलाई प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरिएको राईले बताउनुभयो । जिफन्ट निरन्तर मजदुरहरुमाझ क्रियाशील छ । तर, यो अभियान विशेष रहेको राईले  बताउनु भयो । 

कार्यक्रममा सुनसरी र मोरङमा रहेका जिफन्ट अन्तर्गत २१ वटा सदस्य यसनियनमा आवद्ध करिव १ सय अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

यस्तो छ अभियान टोली 

संयोजक भीमज्वाला राई,सदस्यहरु मनोज मगर, मुरारी भट्टराई, युवराज भट्टराई, यामकला मग्राती, मुक्तिनाथ गिरी, टिका भट्टराई,मन्दीरा भट्टराई, ओमप्रकाश मेहता, सुनिता श्रेष्ठ, विजय मण्डल, सन्तोष शर्मा, लक्ष्मी बानिया, राजकुमार रायमाझी, सुनिल तोलाङ्गे, रंगलाल गिरी, बालकुमार श्रेष्ठ, विना खनाल, खगेन्द्र दाहाल, ममता प्रधान, गंगा तामाङ,हरी बराल, सावित्रा खड्का, गोपाल श्रेष्ठ, मिरा हरिजन, गोपी योगी, राजेश यादव, ज्ञानु देवान, शैलेश न्यौपाने, सुरेन्द्र घिमिरे, सूर्यप्रकाश खबास, डोमा राई, हरी राई, कृष्णप्रसाद काफ्ले,नयन्द्रबहादुर विष्ट,भली सूब्बा,टिकादेवी निराला,श्रवण मेहतर, सुश्मिता चौधरी,  गौरी लामा, नविनकुमार चौधरी, कला डाँगी, राजकुमार आचार्य,तिलक थापा, समशेर वर्देवा, भागवत चौधरी, भीम अधिकारी, कुन्ता घिमिरे, रमेश तामाङ, गणेश लिम्बु, दुर्योधन खनाल, कमल निरौला, सिंहबहादुर पराजुली, रुद्र घिमिरे र उत्तम बन्जारा । 

WhatsApp Image 2024-12-21 at 17.20.11_26d9fbc6WhatsApp Image 2024-12-21 at 17.20.10_387d2a9fWhatsApp Image 2024-12-21 at 17.20.09_3813acc2