काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन भएको छ। सोमबार संसद् सचिवालयले उनको पद निलम्बन भएको सूचना टाँसेको छ। 

सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बन भएको संसद् सचिवालयले जनाएको छ। 

संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सोमबार सूचना टाँस गरेर मुद्दाको किनारा नभएसम्मका लागि रविको सांसद पद निलम्बन भएको जनाएका छन् । 

‘शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ’, महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।