विराटचोक—यामाहा स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता बि.एण्ड बि.अटो ट्रेडर्स विराटचोकले आयोजना गरेको यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिडको माइलेज च्यालेन्ज टेस्टमा तीन जना पुरस्कृत भएका छन् ।
शनिबार भएको प्रतियोगितामा ७७.३५ कि.मि. प्रतिलिटर माईलेजका साथ ग्रामथान गाउँपालिका निवासी मुक्तीप्रसाद गच्छदार प्रथम,७५.१४ कि.मि प्रतिलिटर माईलेजका साथ सुन्दरहरैँचाका सचिन रैका मगर द्वितीय र ६३.६६ कि.मि. प्रतिलिटर माईलेजका साथ सुन्दरहरैँचा कै इन्दिरा बिक तृतीय भएका छन् ।
बिजेता र सहभागीहरुलाई यामाहा विराटचोकका संचालक बिष्णु कार्कीले पुरस्कर र मायाको चिनो प्रदान गरेका थिए ।
प्रतियोगितामा सुन्दरहरैचा, बेलबारी, केराबारी, ग्रामथान, कानेपोखरी र लेटाङ लगायका पालिकाहरुबाट आफ्ना ४० भन्दा बढी रे–जेडआर १२५ एफआई हाइब्रिडका ग्राहकहरु सहभागी रहेका थिए ।
र्याली सहित भएको माइलेज च्यालेन्ज टेस्ट बि.एण्ड बि.अटो ट्रेडर्सको यामाहा शोरुम विराटचोकबाट सुरु भई होटल ड्रिम गार्डेन पुष्पलालचोक सम्म पुगेर संम्पन्न भएको थियो ।
उक्त राइड-आउटमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो भने रे–जेडआर १२५ एफआई हाइब्रिड स्कुटरको बारेमा समेत जानकारी गराइएको थियो ।
उक्त अवसरमा एम.ए.डब्लु राइड्स प्रा.लि.का रिजनल म्यानेजर रोबिन श्रेष्ठले विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे–जेडआर १२५ एफआई हाइब्रिडमा चार ट्रिमहरूमा उपलब्ध गरिएको जानकारी दिएका छन् । उनले स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्ल, १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्रामको उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट-अफ फङ्सन र २१ लिटर अन्डर-सीट भण्डारण जस्ता सुविधाहरू रहेको बताए । स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँछ-”श्रेष्ठले भने ।
यामाहाको यस उत्साहजनक पहललाई साथ दिएको भन्दै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै एवम् विजेताहरूलाई बधाई ज्ञापन गर्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे जानकारी लिन यस किसिमका कार्यक्रमहरू आगामी दिनमा देशैभरि आयोजना गरिने कुरा व्यक्त गरे ।
उक्त कार्यक्रमले यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिडको स्कुटरलाई नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भन्दै दाबी गर्दै आएको कुरालाई विश्सनीय दिलाएको छ ।






















