काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन  ।

तमु ल्होसार सम्झँदा गुरुङ समुदायको संस्कृति सम्झना आउने ओलीले उल्लेख गरेका हुन् । ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्  ।

सबैलाई तमु ल्होसारको शुभकामना दिँदै ओलीले लेखेका छन्, ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ, सबैलाई तमु ल्होसारको शुभकामना ।’