• भीमज्वाला राई

विराटनगर—टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्ने भएकोछ । नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो । 

WhatsApp Image 2025-01-13 at 12.34.01_632e2d53माघदेखि चैतसम्म सञ्चालन हुने अभियानको घोषणा नेकपा (एमाले) कोशी प्रदेशले शनिबार सम्पन्न बैठकले प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरिय अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश कमिटीका २सय ५७ जना, प्रदेश भूगोलमा रहेका ५६ जना केन्द्रीय नेतृत्व, १४ वटै जिल्लाका पदाधिकारीहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहित ४ सय ४५ जनाको सहभागीता रहेको थियो । 

आगामी २५ वर्षमा नेपाललाई समृद्ध राष्ट्रि निर्माणका लागि २०८४ र त्यसपछिका हरेक निर्वाचनहरुमा तीनवटै तहमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य सहित अभियान सञ्चालन गरिएको नेकपा (एमाले) संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताउनु भयो । 

अभियानको औचित्य प्रष्ट्याउदै यस अभियानमा पार्टी सदस्यता विस्तार र सुदृढिकरण गर्ने, बाँकी रहेका स्थानीय अधिवेशनहरु सम्पन्न गर्ने, कमिटी जीवनलाई सुदृढ पार्ने, विकास निर्माण तथा जनसरोकारका काममा पार्टी परिचालन गर्ने, किसान, मजदुर, विद्यार्थी, भूमिहिन, सुम्बासी, महिला लगायतका समस्यासंग जनसंगठनलाई जोड्ने लगायतका काममा पार्टीलाई परिचालन गर्ने विषय प्रस्तोता अधिकारीले बताउनुभयो । 

WhatsApp Image 2025-01-13 at 12.34.01_78afc28fत्यस्तै नेता कार्यकर्ताहरु माझ प्रशिक्षण सञ्चालन गर्ने, पार्टी विरुद्धका साइवर हमलाको संगठित प्रतिवाद गर्ने, युवा नेतृत्व विकासका लागि आधारहरु निर्माण गर्दै लैजाने काम अभियानमा गरिने जनाइएको छ । 

अभिमुखीकरणमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले ठुला नेतालाई भेटर सेल्फि खिचेर सामाजिक सञ्जालमा हालेर दुँनियालाई देखाएको भरमा अब पार्टी कामको मुल्याङ्कन नहुने बताउनुभयो । संगठनात्मक सिद्धान्त अनुसार पिरामिड आकारको संरचनामा बनाउन आवश्यक रहेको वहाँले बताउनुभयो । 

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतले अनुशिक्षण गर्नु भएको थियो । 

पार्टी केन्द्रीय कमिटीका उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको अध्यक्षता पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सञ्चालन सचिव राजकुमार भण्डारी र स्वागत मन्तव्य उपाध्यक्ष टिकाराम चेम्जोङले गर्नुभएको थियो ।