काठमाडौं—सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी समाप्त भएर जाने दावी गरेका छन् ।
एकीकृत समाजवादीको जनसंगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलाई पार्टी प्रवेश गराउँदै उनले आज त्यस्तो बताएका हुन् । त्यसक्रममा पोखरेलले नेकपा एसका अध्यक्ष माधव नेपाललाई आफ्नो पार्टीमा ठाउँ नरहको समेत स्पष्ट पारे ।
सो पार्टीका अरु नेतालाई एमालेमा स्वागत गर्न आफूहरु तयार रहेको जनाउँदै उनले भने, ‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि मात्र होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं ।'
प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहित संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलनसहितको करिब ३१ जिल्लाका अधिकांश पदाधिकारी पनि प्रेस चौतारीमा समाहित भएका छन् ।




















