काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) को काठमाडौं कमलादीमा जारी महाधिवेशनबाट मानुषी यमी भट्टराई महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको प्रचार विभागको नेतृत्व गरिरहेकी मानुषीको उपाध्यक्ष पदमा एकल उम्मेदवारी परेको थियो।
महाधिवेशनमा अहिलेसम्म विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध निर्वाचित भएका छन्। महिला, दलित, क्षेत्रीय, र प्रवासका प्रतिनिधिहरूलाई समेट्दै पार्टीको नेतृत्वलाई विविधता दिने प्रयास देखिएको छ।
निर्विरोध निर्वाचित पदाधिकारीहरू:
महिला उपाध्यक्ष: मानुषी यमी भट्टराई
दलित उपाध्यक्ष: दुर्गा सोब
केन्द्रीय सदस्य (प्रदेश अनुसार):
कोसी (खुला): मणि राई
कोसी (महिला): तारा बास्तोला दवाडी
मधेस (महिला): बिबि समिना खातुन
वाग्मती (महिला): वसुन्धरा सापकोटा
गण्डकी (खुला): चित्र सापकोटा
गण्डकी (महिला): नारायणी अधिकारी
लुम्बिनी (खुला): कमल खनाल
लुम्बिनी (महिला): सुनीता काफ्ले
कर्णाली (खुला): लक्ष्मीप्रसाद भट्टराई
कर्णाली (महिला): मीराकुमारी मल्ल
सुदूरपश्चिम (खुला): रतनबहादुर टमटा
सुदूरपश्चिम (महिला): सत्यदेवी चापागाईं
भारत प्रवास (खुला): लोकेन्द्रबहादुर सुनार
केन्द्रीय सदस्यहरूसमेत निर्विरोध:
खुला युवा महिला: निशा श्रेष्ठ
आदिवासी जनजाति युवा महिला: मन्जुमाया तामाङ
मधेसी महिला: अमृताकुमारी देवी
दलित केन्द्रीय सदस्य (युवा): हिक्मत वि.क.
थारु महिला: गीता थनेत
नेतृत्व चयनको प्रक्रिया:
महाधिवेशनको मुख्य आकर्षण अध्यक्ष पदका लागि बाबुराम भट्टराई र नेत्र चापागाईंबीच हुने प्रतिस्पर्धा हो। आइतबारदेखि सुरु भएको महाधिवेशनको मतदान आज दिउँसो ३ बजेबाट सुरु हुनेछ, जसले ९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ।
यो महाधिवेशनले नेसपाको नेतृत्वलाई नयाँ दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।




















