धरान — नेपाल लोकतान्त्रिक किरात राई संघ कोशी प्रदेश कमिटीको अध्यक्षमा ध्रुवराज राई चयन भएका छन्। शनिबार धरानमा सम्पन्न संघको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट २४ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । अध्यक्षमा चयन भएका राई भोजपुर स्थित टेम्केमैयुङ गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन् ।
कमिटीको उपाध्यक्षहरुमा यमकला राई, राजकुमार राई, सचिवमा जीतबहादुर राई, उपसचिवहरुमा देवक राई, पोष्टराज राई र कोषाध्यक्षमा निशाकिरण राई चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा सीताकुमारी राई, सिनारा राई, रबिनकुमार राई, दिपक राई, पूर्णदेवि राई, राजेन्द्रकुमार राई, राजमान राई, लक्ष्मी राई, सुख बान्तावा राई, मीना थुलुङ राई, ससिका राई, कबिता राई, समीर राई, शम्भु राई, जीवन राई, आशा राई, प्रमिला राई, जागिरमान राई, लालबहादुर राईलगायत रहेका छन् ।
उक्त अधिवेशनमा हालै सम्पन्न प्रेस चौतारी नेपाल सुनसरीको आठौँ अधिवेशनबाट अध्यक्षमा चयन भएका विकास चाम्लिङ राईलाई सम्मान गरिएको थियो । चाम्लिङलाई एमाले स्थायी कमिटी सदस्य शेरधन राई र संघका केन्द्रीय अध्यक्ष सर्वधन राईले सम्मान गरेको एमाले कोशी प्रदेश कमिटी सदस्य एवं प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी दिए ।
अधिवेशनको उदघाटन प्रमुख अतिथि रहेका एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राईले गरेका थिए ।























