काठमाडौं—धन्यवाद भारतीय जनता, धन्यवाद केपी शर्मा ओली भन्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा राजतीक विश्लेशक गोविन्द थापाले सामाजिक सञ्जाल फेसवुकमा एउटा स्टाटस पाेष्ट गरेका छन् । 

उनले  प्रकृति लम्सालको मृत्यु तथा त्यसपछि उत्पन्न परिस्थितिमा भारतीय जनता तथा भारतका मिडिया, नेपाल र नेपालीको साथमा देखिएको भन्दै फेसबुकमा एउटा पोष्ट राखेका हुन्  ।  

विगत नाकावन्दीको बेला पनि भारतीय जनता  नेपाली जनताको साथमा उभिएका थिए । अहिले पनि भारतीय जनताले नेपाल र नेपालीलाई साथ दिएको उक्क्त पोष्टमा उल्लेख छ । 

Untitled-2 (12) 45उनले भनेका छन —‘ प्रकृति लम्सालको मृत्यु तथा त्यसपछि उत्पन्न परिस्थितिमा भारतीय जनता तथा भारतका मिडिया नेपाल र नेपालीको साथमा देखिए । विगत नाकावन्दीको बेला पनि भारतीय जनता नेपाली जनताको साथमा उभिएका थिए । अहिले पनि भारतीय जनताले नेपाल र नेपालीलाई साथ दिएका छन् ।  भन्दै उनले  भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु तथा त्यसपछि KIITT  कलेजले नेपाली विद्यार्थीलाई गरेको व्यवहारलाई भारतीय जनताले मानवीय कोणबाट हेरे । 

यता प्रधानमन्त्री केपी शर्मा ओलीले सो घटनापछि तत्काल एक्शन लिए । घटना प्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने खालको पनि थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा हस्तक्षेप गर्दै साइबर सञ्जालमा समेत लेख्नुभयो । प्रधानमन्त्रीले सबै कूटनीतिक च्यानल प्रयोग गर्नुभयो । परराष्ट्र मन्त्री डा. आरजू देउवा एक्शनमा उत्रनुभयो । विदेशमा रहेको बेला पनि डा. आरजूले निरन्तर यो घटनामा पहलकदमी लिनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनामा गर्नुभएको हस्तक्षेपलाई सुरुमा भारतका ठूला भनिने मिडियाहरुले बेवास्ता गरेका थिए तर भारतीय जनता प्रधानमन्त्री ओली र नेपाली जनताको समर्थनमा उभिए । त्यसपछि भारतमा ठूला भनिएका मिडियाहरु पनि यो घटनाको बारेमा समाचार प्रवाह गर्न वाध्य भए । यो कुरा ध्यान दिन लायक छ ।

भन्दै उनले यो घटनाको सेरोफेरोमा भारतीय जनताले नेपाल र नेपाली जनतालाई दिएको साथ र समर्थन अभूतपूर्व रह्यो । नेपाल र भारत बीच जनस्तरमा कति सुमधुर सम्बन्ध छ भन्ने यो घटनाले देखाएको छ । जनस्तरको सम्बन्ध यति सुमधुर छ तर सरकार बीचको सम्बन्ध किन राम्रो छैन ? यो प्रश्न पनि उठेको छ ।

छिमेकका कुनै देशसँग पनि भारतको राम्रो सम्बन्ध छैन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क भारतकै कारण निष्क्रिय छ । छिमेकीमाथि थिचोमिचो गर्नैपर्ने भारतीय संस्थापनको नीति र नियतलाई भारतीय जनताले यसपटक पाठ पढाएका छन् ।

अहिले भारतीय जनता तथा स्वतन्त्र मिडियाहरुले उठाएका केही कुरा ध्यान दिन लायक छ । भारतको अहिलेको सरकारले छिमेकी सबै देशहरु सँग सम्बन्ध बिगारेको छ, नेपालसँग पनि सम्बन्ध बिगार्न लाग्यो भन्ने चिन्ता भारतीय जनताले गरेको देखियो । छिमेकी देशहरुसँग भारतले अत्याचारपूर्ण व्यवहार गर्दै आएको छ भन्ने विचार भारतमा प्रकट भएको छ । यो त्यही भारत हो जसले नेपाललाई नाकावन्दी मात्र लगाएको थिएन, नाकावन्दीको बेला औषधी आयात गर्न पनि रोक लगाएको थियो । त्यसबेला पनि केपी ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । 

नेपाली र भारतीय जनताको सम्बन्ध प्रगाढ छ, यसमा कुनै शंका छैन । भारतीय जनता जस्तै भारतको सरकार पनि उदार र मानवीय हुने हो भने दक्षिण एसियाले तिब्र गतिमा विकास गर्न सक्छ । 

यो प्रकरणमा के पनि स्पष्ट भएको छ भने नेपाल र नेपाली जनताका लागि केपी शर्मा ओली चट्टानी अडान लिनुहुन्छ ।

विगतमा अफगानस्तानमा फसेका नेपालीहरुलाई विमान पठाएर केपी ओलीले रेस्क्यू गर्नुहुँदा विश्व नै चकित भएको थियो । अहिले उडिसामा विद्यार्थीहरुको साथमा उभिएर प्रधानमन्त्री ओलीले फेरि एकपटक देश र जनताप्रतिको आफ्नो समर्पण र निष्ठा प्रमाणित गर्नुभएको छ । विदेशमा रहेका विद्यार्थी तथा अन्य नेपाली नागरिकका समस्यामा केपी ओली कति संवेदनशील हुनुहुन्छ भन्ने देखिएको छ । 

हामीले एक होनहार युवा प्रकृति लम्साललाई गुमाएका छौं, हाम्रा लागि यो अपूरणीय क्षति हो । 

यो घटनाले हामीलाई एउटा गम्भीर पाठ पढाएको छ । त्यो पाठ हो, नेपालमै उत्कृष्ट शिक्षाको व्यवस्था गर्नुपर्छ, नेपाली विद्यार्थीले विदेश गएर पढ्ने परिस्थितिको अन्त्य गर्नुपर्छ ।’ भनेर थापाले भनेका छन् ।