ओखलढुंगा— ओखलढुंगाको लिखु गाउँपालिका–५ का ५९ वर्षीय नेत्र बहादुर नेपालीलाई २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार साँझ भएको घटनापछि पीडित पक्षको उजुरीका आधारमा प्रहरी चौकी यसमबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। पीडित महिलाको सुरक्षा र न्याय सुनिश्चित गर्न कानुनी प्रक्रिया अनुसार कारबाही गरिने आश्वासन प्रहरीले दिएको छ।