नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललगायतले दुर्गा प्रसाईंको आजको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाएका छन्। खनाल, जो पछिल्लो आम निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं ६ र तनहुँमा प्रतिनिधि सभा उम्मेदवार थिए, विरोध कार्यक्रममा खुलेर समर्थन जनाएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, अभिनेत्री मनिषा कोइरालासहितका व्यक्तित्वले पनि प्रसाईंको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। त्यस्तै, पत्रकार टीकाराम यात्री र जीवराम भण्डारीले पनि खनाल र राणाको भनाइमा समर्थन जनाएका छन्।

उनीहरूले प्रजातान्त्रिक व्यवस्थामा निषेध स्वीकार्य नभएको र राज्यसत्ताको वर्तमान गतिविधिले निषेधको प्रवृत्ति बढाएको आरोप लगाएका छन्। परिस्थिति नियन्त्रण बाहिर जाने स्थिति आउन सक्ने चेतावनीसहित जिम्मेवार सरकार नै हुने भन्दै ३२ जनाले उक्त कार्यक्रममा समर्थन जनाएका छन्।

1_BDeAQ8Gvcu