काठमाडौँ—नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन २०८२ साल जेठ ९, १०, र ११ गते पोखरामा हुने तय भएको छ।

शुक्रबार बसेको संघको पदाधिकारी बैठकले महाधिवेशनको मिति र स्थान निर्धारण गरेको हो। महाधिवेशनको सफल आयोजनाका लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ।

यस समितिमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिवको भूमिकामा रहने उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिएका छन्।

महाधिवेशनले युवा संघको भावी नेतृत्व चयनसहित संघको आगामी कार्यक्रमको दिशानिर्देशन गर्ने अपेक्षा गरिएको छ।