झापा—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई कटवाल नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् । एमाले प्रवेश गर्दै राईले नेपालको मुल प्रवाह पार्टि नेकपा (एमाले) राेजेको बताइन ।




















