काठमाडौं— नेकपा एमालेले जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनलाई सफल बनाउन नेताहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान भएको भेलामा महासचिव शंकर पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडको सूची सार्वजनिक गरेका छन्।

Uml-janpradasan-jeth-15-768x410महासचिव पोखरेलका अनुसार, यो जनप्रदर्शन गणतन्त्र दिवसलाई जनतामाझ स्मरणीय बनाउने र राजावादीहरूले फैलाएका भ्रम चिर्नका लागि आयोजना गरिएको हो। यसलाई सफल बनाउन जनसंगठनका अध्यक्ष, इन्चार्ज, र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको छ।

महासचिव पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचलान गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ। विष्टलाई सबै जनसंगठनका इन्चार्जहरुले सघाउनु हुनेछ। एमालेमा ठूलो जनधार भएको संगठनको रुपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरुलाई दिइएको छ।

जस अनुसार सुदुरपश्चिम र र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदिप ज्ञवालीलाई दिइएको छ। लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्म सचिव पद्मा अर्याललाई तोकिएको छ।

कोशी प्रदेशका जिल्लाहरुको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ। मधेस प्रदशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरुको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।

उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमश: अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ। उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ। स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ। उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ। सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ।

गणतन्त्र दिवशका दिन जेष्ठ १५ गते विहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी,जनसंगठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ। हिजोको सचिवालय बैठकले जेष्ठ १५ गते काठमाडौं सहित सबै पालिकाहरुमा गणतन्त्त दिवश भव्यताका साथ मनाउने निर्णय गरेको हो।