काठमाडौं—यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले जानकारी दिए । गण्डकी प्रदेशको पत्र आयो । अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ, उनले भने ।