काठमाडौं—अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । २४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बिहीबार राती सम्पन्न निर्वाचनमा रामेछापका डा. कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिहीबार भएको निर्वाचनमा कुल १४ सय ५७ मत खसेको थियो । जसमा कडरियाले ७ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका छन्  । अर्का प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेलले ७ सय २५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकाश श्रेष्ठ निर्वाचित भएका छन्  । महासचिवमा दीपक धामी निर्वाचित भएका छन् ।

यस्तो छ निर्वाचनको सम्पूर्ण परिणाम :