काठमाडौं –नेपाल आइडल विजेता बुद्ध लामाको नयाँ गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देलको शब्द र दीपक आर्जेको संगीत रहेको गीतमा आफूलाई मनपर्ने युवतीलाई प्रभाव पार्न युवाहरुले गर्ने संघर्षको बर्णन गरिएको छ । 

गीतको भिडियोमा गीतकार सिग्देल र मोडल सम्पदा बाँनियाको अभिनय रहेको छ । भिडियोमा सियोन श्रेष्ठ र युद्ध लामाले कोरियोग्राफी गरेका हुन् । 

चक्र बहादुर बरालको छायांकन, बिनोद चौधरीको सम्पादन रहेको भिडियो सोयन श्रेष्ठले निर्देशन गरेका हुन् ।