काठमाडौँ — आजदेखि प्रदर्शनमा आउन लागेको चलचित्र लालीबजार को प्रिमियर काठमाडौँस्थित एक हलमा सम्पन्न भएको छ। प्रिमियर कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा फिल्मकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा दिनेश डीसी देखि अग्रज कलाकार हरिवंश आचार्य सम्म सहभागी भएका थिए। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेकी छन्। साथै विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।
प्रिमियरका क्रममा एउटा रमाइलो क्षणले सबैको ध्यान खिच्यो। सञ्चारकर्मीहरूले निर्माता तथा अभिनेता निश्चल बस्नेत को खोजी गरिरहेका बेला स्वस्तिमाले ठट्टा गर्दै “ओ खरानी ग्याङको लिडर…” भन्दै बोलाएकी थिइन्। उनको उक्त अभिव्यक्तिपछि हलमा हाँसो फैलिएको थियो।



















