गाईघाट—उदयपुरको चौदण्डीगढी नगरपालिका–९ पूर्व टोल ज्यामिरेमा ३५ जना विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। कांग्रेस, माओवादी, राप्रपा लगायतका पार्टी त्यागेर उनीहरुले एमाले रोजेका हुन्।

आज बिहान आयोजित एक कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा एमाले कोशी प्रदेश सचिवालय सदस्य कान्ता राई, चौदण्डीगढी नगरपालिकाका मेयर तथा एमाले उदयपुर उपाध्यक्ष कालुमान लामाले उनीहरुलाई स्वागत गर्नुभएको हो।

यसअघि आइतबार चौदण्डीगढी–४ अमलचौरीमा पनि ३६ जना एमाले प्रवेश गरेका थिए। यसरी लगातार विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेपछि पार्टीका स्थानीय नेताहरुले खुसी व्यक्त गरेका छन्।