काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ।

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका हुन्।

उनले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाएको जाहेरीपत्रमा उल्लेख गरेका छन् कि प्रधानमन्त्री ओलीको प्रत्यक्ष आदेशका कारण सुरक्षाकर्मीले गोली चलाउँदा निर्दोष नागरिकको ज्यान गएको हो।

शाहले भने, “प्रधानमन्त्री ओलीकै निर्देशनमा भएको गोलीकाण्डमा नागरिकको रगत बगेको छ, त्यसको जवाफदेही उनी स्वयं हुनुपर्छ।”

जिल्ला प्रशासन कार्यालयका प्रमुख तामाङले उजुरी पत्र दर्ता भइसकेको र आवश्यक प्रक्रिया अनुसार सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।

‘जेनजी’ आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ। यसै घटनाक्रमले ओलीमाथि व्यापक दबाब सिर्जना गरेको थियो र अन्ततः उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।