काठमाडौँ — राजधानीस्थित रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा तनावपूर्ण स्थिति सिर्जना भएको छ।

हामी नेपाल नामक संस्थाका सुदन गुरुङले कार्यक्रममा उपस्थित सञ्चारकर्मीलाई थर्काउँदा वातावरण एकाएक तनावग्रस्त बनेको हो। गुरुङको अभिव्यक्तिपछि सञ्चारकर्मीहरूले आपत्ति जनाउँदै कार्यक्रमस्थलमै आक्रोश प्रकट गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार दुबै पक्षबीच तीव्र भनाभन भएपछि झडपको अवस्था सिर्जना भएको थियो। क्लब परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइए पनि केही समयसम्म कार्यक्रम अस्तव्यस्त बनेको थियो।

घटनापछि पत्रकारहरूले गुरुङको व्यवहारको कडा विरोध गर्दै प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन्।