काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा आगजनी भएको पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको मंगलबार अवलोकन गरेका छन्।
कार्यालय अवलोकनपछि अध्यक्ष प्रचण्डले क्षतिग्रस्त भवन भत्काएर नयाँ र भव्य पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरे। उनले देशभरका पार्टी कार्यकर्ताको सहयोगमा भवन पुनःनिर्माण गरिने विश्वास व्यक्त गरे।




















