काठमाडौं — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री नियुक्त भएका कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
दक्षिण कोरियामा रहेका शाक्यले मंगलबार फेसबुकमा लेख्दै भनेका छन्,
“ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यूलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ। सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलतासहितको समृद्ध नेपालको कामना गर्दछु।”
![]()
अघिल्लो सरकारले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। साढे पाँच महिनापछि घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेका हुन्।





















