चितवन— मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि पुनः सुरु गरिएको हो।
शेरचनका अनुसार सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्मतसम्भारको काम पनि गरिएको छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामाई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो। यसको प्रवेशद्वार (बटम स्टेशन) चितवनको इच्छाकामना–४, चेरेसमा पर्छ।



















