काठमाडौं—पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न सुदन गुरुङ सोमबार प्रहरी कार्यालय पुगेका छन्।

तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। प्रहरीका अनुसार ‘जेन–जी आन्दोलन’ सम्बन्धी घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले काम गरिरहेको भएकाले हाल जाहेरी दर्ता गर्न मिल्ने अवस्था छैन।

जाहेरी दर्ता नहुने भएपछि गुरुङ असन्तुष्ट हुँदै ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै प्रहरी कार्यालयबाट फर्किएको स्रोतले बतायो ।