काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे ललितपुरमा पत्रकार सम्मेलन गर्न लागेका छन्।

पार्टी स्रोतका अनुसार ओलीले पछिल्ला राजनीतिक घटनाक्रम, ‘जेन जेड’ प्रदर्शनपछिको स्थिति, संसद् पुनःस्थापना, र सरकारका गतिविधिबारे पत्रकारहरूसँग धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

अध्यक्ष ओलीले हालैका दिनमा सरकारप्रति कडा आलोचना गर्दै आएका छन्। उनले सरकार निर्वाचन गराउन गम्भीर नभएको, संसद् पुनःस्थापना हुनुपर्ने, र अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै आएका छन्।

एमालेले संसद् पुनःस्थापनाको मागसहित अदालत जाने तयारी पनि गरेको जनाएको छ।