काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको समानुपातिक उम्मेदवारको सूचीमा चर्चित व्यावसायिक पृष्ठभूमिका दुई व्यक्तिहरू समेटिएका छन् ।
सूचीमा प्रख्यात व्यवसायी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल र गोल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणाको नाम समावेश गरिएको छ ।
यसअघि कांग्रेस र एमालेले समानुपातिकमा व्यापारीलाई संसदमा पठाएको भन्दै आलोचना हुँदै आएका थिए । तर रास्वपाले ब्यावसायिक बातावरण बनाउन यस्तोनिर्णय गरिएको जनाएको छ । रास्वपाले ब्यवसायीलाई आफूतिर तान्न यस्तो निर्णय गरेको हो ।




















