काठमाडौं — एमालेका पूर्व अध्यक्ष स्वर्गिय मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्ने भएको छ ।
अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो । अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।
अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको अहिलेसम्म मानिसहरुले सम्झने गरेका छन् । बृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाऔ लगायतका थुप्रै लोकप्रिय कामहरु भएका थिए ।


