काठमाडौं— नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल नजिकै चाइनिज पेस्तोल फेला परेको छ। उक्त पेस्तोल जेन–जी आन्दोलनका क्रममा बानेश्वरस्थित प्रहरी वृत्तबाट लुटिएको भएको पुष्टि भएको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले एमाले पार्टी कार्यालय नजिकैको झाडीमा फ्याँकिएको अवस्थामा पेस्तोल भेटिएको जानकारी दिए।

“सूचनाको आधारमा पेस्तोल बरामद गरिएको हो। ट्याली गर्दा जेन–जी आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तबाट लुटिएको पेस्तोल भएको पुष्टि भएको छ,” एसएसपी बोगटीले बताए।

प्रहरीले पेस्तोल कसले र कुन उद्देश्यले त्यहाँ फ्याँकेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।