काठमाडौ—नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो ।

जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ । यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रू. ४।१९ ले, डिजेलमा रू. ५।०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रू. ८।१५ ले घटेर आएको निगमले जनाएको छ ।

तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर रू. १००। ३५ ले बढेर आएको निगमको भनाइ छ ।