काठमाडौं—पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर जाँचबुझ आयोगले बयान संकलन गरेको छ।
गत भदौ २३ र २४ गते घटित घटनासम्बन्धी जाँचका क्रममा आयोगले सोधेका प्रश्नहरूको उत्तर ओलीले लिखित रूपमा पेश गरेका हुन्। आयोगका सहसचिवसहितको टोलीले निवासमै पुगेर बयान संकलन गरेको जनाएको छ।
यसअघि सोही घटनासम्बन्धमा पूर्व गृहमन्त्री रमेश लेखकले पनि आयोगमा उपस्थित भई लिखित बयान दिइसकेका छन्।




















