काठमाडौँ—नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ पुर्जीविना नै नियन्त्रणमा लिइएको भन्दै कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै नेता बाँस्कोटाले पक्राउ पुर्जीविना पूर्वप्रधानन्यायाधीशजस्तो व्यक्तिलाई गिरफ्तार गरिनु सत्तारूढ दलभित्रै पाकिरहेको कुनै राजनीतिक खेल वा षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन्।
सरकारको कदममाथि प्रश्न उठाउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पक्राउ पुर्जीविना त्यो पनि पूर्वप्रधानन्यायाधीश गिरफ्तार??? कतै सत्तारूढ दलभित्रै पाकिरहेको खिचडीको खेल त हैन? जेन्जी खतरा भए त सुरक्षा पो दिने होला। पशुपति जाने!’


