काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा बाँस्कोटाको अडियो प्रकरणमाथि छलफल गरेर पार्टीले धारणा तय गर्नुपर्ने विषय उठेको थियो ।
ओलीको त्यस्तो प्रस्तावपछि बाँस्कोटाको विषयमा थप छलफलै नगरी बैठक एमसिसी छलफलमा प्रवेश गरेको थियो । ‘त्यस विषयमा छलफलका लागि प्रवेशै भएन,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमसिसी सम्झौतामाथि मात्र छलफल अघि बढेको छ ।’


